Image

लुम्बिनीमा ३ अर्ब लगानीमा पोड-वे बनाउने प्रस्ताव अगाडि बढ्यो

लुम्बिनीमा ३ अर्ब लगानीमा पोड-वे बनाउने प्रस्ताव अगाडि बढ्यो

सोमबार, असार २५, २०८०

Pool Sector Nepalgunj

लुम्बिनीमा ३ अर्ब लगानीमा पोड-वे बनाउने प्रस्ताव अगाडि बढ्यो

काठमाडौं । लुम्बिनीमा करिब ३ अर्ब लागतमा पोड-वे बनाउने प्रस्ताव अघि बढाइएको छ । 

काठमाडौं पोड-वे कम्पनी प्रालिका उपाध्यक्ष नील भट्टराईले पोड-वे बनाउने प्रस्ताव अघि सारिएको जानकारी दिए ।

उनका अनुसार प्रस्ताव योजना आयोग र पुरातत्व विभागमा पेस गरिएको छ । राष्ट्रिय योजना आयोगले उक्त प्रस्तावमा छलफल गरिरहेको छ ।

उपाध्यक्ष भट्टराईले आन्तरिक र बाह्य पर्यटकहरूलाई लुम्बिनी अवलोकनमा सहज बनाउने गरी ६ किलोमिटर पोड-वे बनाउने प्रस्ताव योजना आयोगमा पेस गरिएको बताए ।

योजना आयोगबाट नीतिगत सम्बोधन भएपछि लगानी बोर्डमार्फत् योजना अगाडि बढाइने उनकाे भनाइ छ ।

उपाध्यक्ष भट्टराईका अनुसार असारभित्रमै सम्बन्धित निकायहरूबाट अनुमति आएसँगै निर्माणकाे काम अगाडि बढाइने छ ।

पोड-वे इलेक्ट्रिक सवारी हाे । यसकाे सिट क्षमता २ देखि ६ सम्मको हुन्छ । विकसित मुलुकहरूमा यातायातको नयाँ प्रविधिको रूपमा यसकाे प्रयाेग हुँदै आइरहेकाे छ ।

News / Blogs

Recent Post